दक्षिण कोरियामा अत्यािधक गर्मी : १५ दिनमा १४ जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । गृह मन्त्रालयका अनुसार मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीको संख्या एक हजार ६९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको एक हजार ६४६ भन्दा बढी हो ।

हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका छन् । गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ । यहाँ उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीको पूर्वानुमान छ । 

प्रतिक्रिया

सम्बन्धित