इटहरी उपमहानगरले किन्यो ४ वटा विद्युतीय नगर बस ! इटहरी आइपुग्यो !

इटहरी / इटहरी उपमहानगरपालिकाले चार वटा नगर बस संन्चालनमा आउने भएको छ । उपमहानगरले खरिद गरेको ४ वटा विद्युतीय नगर बस इटहरी आइपुगेको छ । इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । असोज १ गतेबाट इटहरीमा नगर बस सन्चालनमा ल्याउदैछौ प्रमुख पौडेलले भने ।

‘चार वटा उनले बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्नेगरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने । विद्युतीय बस भएकाले ग्राभेल र पिच बाटोहरूमा बस चल्ने उनको भनाइ छ ।

नागरिकको सहजताका लागि संचालनमा ल्याउन लागेको यो नगरबस सहजरूपमा संचालन गर्ने र यसमा छ यसमा हामी प्रतिबद्ध जिपिएस जडानको साथै सुचना मैत्री बनाईने छ । बसमा सिसि क्यामेरा लगाएतका थुप्रै सुविधा हुने नगर प्रमुख पौडेलको भनाई छ ।

नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । यो समितिले रुट निर्धारण गर्ने छ । उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता भएर बस ल्याएको हो । नगर बस अपाङ्ग मैत्री हुने छ । गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता अनुसार बस इटहरी आइपुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित