हसिनाले थुनेकी खालिदा जियालाई रिहा गर्न आदेश

एजेन्सी । शेख हसिनाले बंगलादेश छाडेपछि उनले थुनेकी पूर्व प्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका हुन् । 

राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने सर्वसम्मतिले निर्णय भएको राष्ट्रपतिको प्रेस टोलीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित