आज साउनको तेस्रो सोमबार : धरानकाे पिण्डेश्वरमा जल चढाउने भक्तजनहरूकाे घुइचाे

इटहरी । आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा विहानैदेखि भक्तजनको भिड लागेको छ । साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन् ।

साउन महिनाका प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । साउने सोमवार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका छन् ।

साउन महिनाको सोमवारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । साउनको पहिलो सोमवारदेखि अन्तिम सोमवारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ ।

यसै बिच सुनसरीकाे धरान स्थित पिण्डेस्वर बाबा धाममा पनि भक्तजनहरूकाे घुइचाे अत्याधिक बढेकाे छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको घुइचाे लागेकाे हाे । सप्तकोशी नदीको संगमस्थलबाट ल्याएको जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाे छ । 

मन्दिरमा पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, रौतहत, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०१ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०१ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृप…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाल…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाल…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २८ गते शुक्रवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २८ गते शुक्रवार: श्री पाथिभरा देवीकाे कृपाल…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २७ गते बिहीवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २७ गते बिहीवार: श्री पाथिभरा देवीकाे कृपाल…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २६ गते बुधवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २६ गते बुधवार: श्री पाथिभरा देवीकाे कृपाले…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २५ गते मङ्गलवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २५ गते मङ्गलवार: श्री पाथिभरा देवीकाे कृपाल…