आठ वर्षपछि फिल्ममा फर्किदै महा नायक राजेस हमाल

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झण्डै आठ वर्षपछि अभिनयमा फर्किने भएका छन् ।हमाल निर्देशक दिवाकर भट्टराईको एक ‘अनटाइटल’ फिल्ममा अनुबन्ध भएका हुन् । 

आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी गराएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’

पछिल्लो पटक फिल्म ‘सकुन्तला’ मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका छैनन् । बरु उनले म्युजिक भिडिओमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झण्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।

आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ । निर्देशक दिवाकरले फिल्मको कथावस्तु मन पराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दाबी गरे । 

प्रतिक्रिया

सम्बन्धित