सिबी कलेजमा विद्यार्थी आकर्षण : नयाँलाई स्वागत , पुरनालाई बिदाइ |  बाेकेदाह्रीले तताए माहाेल

इटहरी  / इटहरीको सिबि कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई भव्य स्वागत गरेको छ भने १२ सकेका विद्यार्थीहरूलाई हार्दिकताका साथ बिदाइ गरेको छ । शनिवार एक भव्य कार्यक्रमबिच नयाँलाई स्वागत र अध्ययन सकेका विद्यार्थीहरूलाई बिदाइ गरेको हो । यो वर्ष कलेजले ३ सय विद्यार्थीहरू बिभिन्न विषयहरूमा भर्ना गरेको छ भने १५० जना विद्यार्थीहरूलाई आगामी उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ पनि गरेका छन् ।

कलेजले कक्षा ११ मा साइन्स ,म्यानेजमेन्ट र हाेटल म्यानेजमेन्ट तर्फ दुई सय जना विद्यार्थीहरूलाई स्वागत गरेको हो भने म्यानेजमेन्ट , हाेटल म्यानेजमेन्ट र ल अ विषयमा अध्ययन सकेका विद्यार्थीहरूलाई एकै साथ बिदाइ गरेको हो ।

कार्यक्रमलाई थप भव्य बनाउन सांस्कृतिक नृत्य , गीत गजल आयोजना गरिएको थियो कार्यक्रमका सभापती कलेजका सञ्चालक समितिका अध्यक्ष देशबन्धु कार्कीले विद्यार्थी सङ्ख्या थोरै भए पनि हरेक क्षेत्रमा अब्बल साबित हुँदै आएको दाबी गरे । उनले आगामी दिनमा सञ्चालक समितिलाई थप प्रभावकारी र सशक्त बनाइ अघि बढ्ने प्रतिबद्धता जाहेर गरे भने बिदाइ भएर जाने विद्यार्थीहरूलाई उज्ज्वल भविष्य र भर्ना भएर आएका नयाँ विद्यार्थीहरूलाई राम्रो सँग अध्ययन गर्न सुझाव दिए ।

 त्यस्तै कार्यक्रममा कलेजका प्रिन्सिपल खेमराज बास्तोलाले शिक्षा क्षेत्र लाइ प्रविधि सँग जाेडेर विद्यार्थीहरूलाई हरेक क्षेत्रमा अब्बल बनाउन सफल भएको बताए । उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य विद्यार्थीहरू कलेजले उत्पादन गर्दै आएको समेत दाबी गरे । कार्यक्रक्रममा नेपालका चर्चित कमेडियन गायक तथा कलाकार श्री कृष्ण लुइँटेलले उपस्थित अतिथि , शिक्षक तथा विद्यार्थीहरूलाई बेजोड प्रस्तुतिका साथ नचाएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित