प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’ को डबिङ

काठमाडौं । सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो भागको दृश्यको संवाद डबिङ गरेका छन् । शनिबार अनामनगरस्थित एक स्टुडियोमा प्रधानमन्त्री ओलीले स्वरांकन गरेको उनको सचिवालयले जनाएको छ ।

फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा  बन्न लागेको हो । यो चलचित्र अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेका हुन् । मुस्कान खातुनमाथि २०७६ भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो ।

एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ। प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित