चन्द्रकला सखीको अनुरोध : गल्ती सच्याइदिनुस्, मनोबल नघटाई दिनुस्

इटहरी । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ‘ट्रोल’ लाई लिएर चिन्तित देखिएकी छन् ।

आज आफ्नो कथावाचनका क्रममा उनले आफूले बोलेको एउटा शब्दलाई लिएर भइरहेको टिकाटिप्पणीप्रति खिन्नता व्यक्त गरेकी छन् ।  कथावाचनको पहिलो दिन ‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि उनको अभिव्यक्ति ‘ट्रोल’ भइरहेको छ ।

उनले दोस्रो दिनमा नै गल्ती स्वीकार गरिसकेकी थिइन् । तर, पनि आलोचना नरोकिएपछि आज यस विषयमा उनले लामै प्रष्टीकरण दिएकी छन् । उनले आफूबाट भएको गल्ती सच्याई दिन तर मनोबल नघटाई दिन आग्रह गरिन् । आफ्नो अध्ययनको भाषिक पृष्ठभूमिका कारण बोल्दा त्रुटि हुन गएको उनले संकेत गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित