सुनसरीको इटहरीस्थित पिसजाेन आवासिय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता  सम्पन्न

इटहरी । सुनसरीको इटहरीस्थित पिसजाेन आवासिय माध्यमिक विद्यालयमा शुक्रवार "विद्यार्थीको जीवनमा सामाजिक सञ्जालको प्रभाव" शीर्षकको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। जुनियर रेडक्रस साेसाइटीद्वारा आयोजित कार्यक्रममा विद्यालय अन्तरगत कक्षा ८ ,९ र १० का बिद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा कक्षा १० की छात्रा गितकाेर गिल  प्रथम भएकी छिन् । त्यस्तै, द्वितीय कक्षा ९ कि छात्रा  साइसा डाँगी , तृतीय कक्षा ९कि छात्रा बिनिसा दाहाल र कक्षा १०कि छात्रा कुसुम ढुङ्गाना चौथो भएकी छिन् । 

जुनिएर रेडक्रसको अध्यक्ष कक्षा ८ मा अध्ययनरत छात्र अनुज बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको हो ।     विद्यालयका प्रधानाध्यापक केशव प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा   विशिष्ठ अतिथि  विद्यालयका सिनियर इन्चार्ज शिवलाल सुनार रहेका थिए ।

त्यस्तै कार्यक्रमका निर्णायक गिरिधारी साप्काेटा र नर्वदा खतिवडा थिए। विद्यार्थीहरूका क्षमता विकास गर्न विद्यालयले हरेक शुक्रवार विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित