धनकुटामा चट्याङ लागेर एकको मृत्यु

धनकुटा / गएराती वर्षा सँगै परेको चट्याङ लागेर धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ । 

जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ६ छरछरे टोलका वर्ष ६५ का गणेश बहादुर कार्कीको अन्दाजी राती ९ बजेको समयमा चट्याङ लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित