काभा महिला भलिबल प्रतियोगिता आजबाट, उदघाटन खेलमा नेपाल र श्रीलंका भिड्दा

इटहरी । काभा महिला भलिबल लिग आज (बिहीबार) देखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुरु हुँदैछ । नेपाल भलिबल सङ्घको आयोजनामा आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालले आज उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै छ । नेपाल र श्रीलङ्काबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

यस्तै नेपालले  दोस्रो खेलमा भोलि  भारतसँग, तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित