इटहरीको सिवी स्कुलमा विज्ञान प्रदर्शनी (तस्विरहरू)

इटहरी । सुनसरीको इटहरी ४ स्थित सिबी स्कुलमा बुधवार एक दिने विज्ञान प्रदर्शनी गरिएको छ । बिद्यार्थीहरूलाइ किताबको ज्ञान सँगै व्यवहारिक शिक्षामा पनि जोड दिँदै आएको यस स्कुलले अन्तरिक्ष तथा वायुमण्डलबारे बिद्यार्थीहरूलाइ जानकारी गराइएको थियो ।

कार्यक्रममा कक्षा २ सम्मका जुनियर लेबलका विद्यार्थीहरूलाई जीव विज्ञानको महत्वबारे जानकारी गराइएको तियो । त्यस्तै अन्तरिक्ष भित्र भएका ग्रह उनीहरूको महत्त्व र कामबारे चर्चा सँगै ज्ञानका कुराहरू बाडिएकाे तियो । 

त्यस्तै कक्षा ३ देखि १० सम्मका सिनियर विद्यार्थीहरूलाई VR प्रविधिद्वारा अन्तरिक्ष सम्बन्धी ज्ञानज्ञुनका कुराहरू बाडेका थिए भने जियो साइन्स प्रविधिद्वारा विज्ञान तथा प्रविधिबारे जानकारी गराइएको तियो ।  विद्यालयको अतिरिक्त कृिया कलाप अन्तरगत एक दिन भएपनि अन्तरिक्ष सम्बन्धी एवम् विज्ञानका कुराहरूबारे जानकारी गराउन यो कार्यक्रम गरिएको स्कुलमा प्रमुख खेमराज बास्तोलाले बताए । 

प्रतिक्रिया

सम्बन्धित