देशले धान्न नसक्ने गरी टोल–टोलमा सहकारी संस्था भए : सभापति थापा

‘सहकारीमा १४ करोडसम्म वचत गर्छ भने त्यो कानून विपरित हो, गैरकानूनी हो’

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापाले वचत परिचालनका निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् ।

आज (मंगलबार) समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन् । उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताएका छन् ।

थापाले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले वचत तथा ऋण सहकारी धेरै भएको बताए । सभापति थापाले देशले धान्न नसक्ने गरी वचत तथा ऋण सहकारी रहेको बताए । उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको पनि उनले बताएका छन् । उनले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए ।

उनले वचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७/०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्‍याउनु पर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको बताए। उनले काठमाडौंका टोलटोलमा बैंकका शाखा रहेकाले वचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए । उनले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाफमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताए ।

उनले सहकारीमा १४ करोडसम्म वचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा वचत गर्नु गैरकानूनी भएको बताए । उनले १० लाख भन्दा बढी वचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको बताएका छन् । उनले सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले बिगारेको बताए । उनले समितिले छानविन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको बताए ।  

उनले थपे, ‘राष्ट्र बैंकसँग जोडिएका सहकारीहरुको आर्थिक अवस्था राम्रो छ । निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो छ । सहकारी कता केन्द्रित हुने भन्दा समितिमा गरेका छलफल अन्तरक्रियाले बचत तथा ऋण सहकारीको भारी धेरै भयो । देशले धान्न नसक्ने गरी भएको छ । सहकारी वास्तवमा छरिएर रहेको साना पुँजी उत्पादन र सेवामा केन्द्रित हुने र सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान दिने हो । त्यसले मात्रै मुलुकको सामाजिध र देशको आवश्यकता सम्बोधन हुन्छ । वचत परिचालनको निम्ति सहकारी नै चाहिँदैनन् । सहकारी अभियान्ताहरुका अगाडि तीतो लागे पनि लागोस् ।’

उनले भने, ‘कसलाई के प्रिय लाग्छ त्यो कुरा बोल्ने मान्छे होइन । २०७७र०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्‍याउनु पर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको छ । काठमाडौंका टोलटोलमा बैंक छन् । सहकारी किन चाहियो ? ठग्न । सबै भन्दा ठगी गर्ने र सहकारीको बर्खिंलाभमा चल्ने सहकारी काठमाडौंमा शहरमा छन् । सहकारीमा १४ करोडसम्म वचत गर्छ भने त्यो कानून विपरित हो । गैरकानूनी हो ।’

उनले भने, ‘१० लाख भन्दा बढी बचत, १० लाख बढी वचत र फिर्ता गर्न पाइदैन । बैंकहरुले नदिने सहकारीहरुले पाइन्छ । त्यो पाइँदैन । सुशासनको सन्र्दभमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले सकाए । छानविन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसका सहकारी छन् । १७ वटा सहकारीमा १७ थरिका औतारी छन् । ती सहकारी होइनन् । ती सहकारी कसले दर्ता गरे खोजिका विषय भएका छन् । सहकारीमा देखिको अहिलेको गम्भिर समस्या सहकारी अभियान्ताहरुको पनि असफलता हो ।’

प्रतिक्रिया

सम्बन्धित