लगातार रेकर्ड ब्रेक गरेकाे सुन मंगलबार सयरुपैयाँले घट्याे , चाँदीमा पनि १० रुपैयाँ घट्याे

इटहरी । सुन र चाँदी दुवै सस्तो भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ सय र चाँदी १० रुपैयाँले सस्तो भएको हो। योसँगै आज मंगलबार छापावाल सुन १ लाख ४६ हजार र चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३८८ अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित