पेरिस ओलम्पिक : ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शीर्ष स्थानमा

एजेन्सी । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् ।

जसमा जापान ६ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ भने अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौंथो स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १ काश्य पदक जितेको छ भने अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ काश्य पदक जितेको छ ।

त्यस्तै ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने   इटालीले २ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनीले पनि २–२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।  

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीजरल्याण्ड, स्लोभाकिया, टर्की, युक्रेन, आयरल्याण्डले ओलाम्पिक पदक जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित