काेशीमा भागबन्डा मिलाउन सकस : एमालेले मुख्यमन्त्री सहित ५ मन्त्रालय लिदा कांग्रेसलाई ४ वटा

इटहरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा  नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शक्ति सङ्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेपाली कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिए।

 मुख्यमन्त्री कार्कीले ‘वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने समेत प्रष्ट पारे।नेपाली कांग्रेसले नाम दिएको आधारमा दुई÷चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकोले यसमा पुनरालोकन नहुने स्पष्ट पार्दै आवधिक समयमा नमिलेको बजेटलाई कानुन बमोजिम सच्याउने सकिने विचार व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित