गुराँस लघुवित्तको नाफ बढ्यो

कठमाडौं /  गुराँस लघुवित्तको नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १४४९.११ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । 

खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशतमा आएको छ ।गत असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ ।  

अघिल्लो वर्षको यसैअवधिमा यसले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यता, खराब कर्जा भने घटेको छ । यसले खुद नाफा बढ्न सहयोग गरेको हो ।
 

प्रतिक्रिया

सम्बन्धित