सौर्य दुर्घटनाका १७ परिवारले बुझे शव, एक विदेशीको प्रक्रिया पुरा गरेर बुझाइने

इटहरी । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाको शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् । हिजो (शुक्रबार) ६ र आज शनिबार ११ जनाको शव परिवारले बुझेका त्रिवि शिक्षण अस्पतालमा शव हस्तान्तरणमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए । 

उनका अनुसार अब एक विदेशी नागरिकको शव मात्रै बुझाउन बाँकी छ । विमान दुर्घटनामा ओमानका नागरिक आरेफ रेडाको पनि मृत्यु भएको थियो । ती प्रहरी अधिकारीका अनुसार उनका परिवारका सदस्य काठमाडौं आएपछि शव हस्तान्तरण गरिनेछ । 

बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेण्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।  विमानमा १९ जना सवार थिए । तीमध्ये विमानमा कम्पनीकै १७ जना कर्मचारी, १ जना पाइलट र अर्का एक जना कोपाइलट थिए । पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित