भारतमा १३ बालबालिकासहित ५२ जना बसेको तीनतले भवन ढल्यो

एजेन्सी । भारतीय राज्य महाराष्ट्रको नवी मुम्बईको शाहबाज गाउँमा तीनतले भवन भत्किँदा त्यहाँ बस्ने धेरै मानिस फसेको आशंका गरिएको छ।बीबीसी हिन्दीका अनुसार दुई जनालाई बाहिर निकालिएको छ। भवनमा ३९ वयस्क र १३ बालबालिका बस्थे। 

भवनमा फसेका मानिसहरुलाई बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको अधिकारीहरूले बताएका छन्।नवी मुम्बई नगर निगमका आयुक्त कैलाश शिन्देले आज बिहान ५ बजे भवन भत्किएको बताए। 

प्रतिक्रिया

सम्बन्धित