राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस

इटहरी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले चौधरीको नाम सिफारिस गरेको हो ।

यसअघि नै मन्त्रीमा अरुणलाई पठाउने पार्टीभित्र सैद्धान्तिक सहमति भएको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन् । प्रधानमन्त्री ओलीले नागरिक उन्मुक्तिलाई पर्यटन राज्यमन्त्री दिने तयारी गरेका छन् । स्रोतका अनुसार उनी केही दिनमै सपथ लिनेछन् । 

प्रतिक्रिया

सम्बन्धित