भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे

इटहरी ।कोशी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा  स्काइवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी  प्रदेश मुख्यमन्त्री हिकमत कुमार कार्की धनकुटा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्‌पाङले सामूहिक रुपमा रिवन काटेर उद्घाटन गरे संगै स्काइवाक सञ्चालनमा आएको हो । कोशी सरकारको अगुवाइ तथा निजी क्षेत्रको लगानी सहित भेडेटारमा स्काइवाक निर्माण भएको हो। 

 भेडेटारको पूर्वाधार विकासका लागि वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बूढीगंगा मोरङले  धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सीमानामा रहेको चाल्स प्वाइन्टनजिकै सिसाको ४० मिटर बाटो बनाएर मान्छे हिड्न मिलने गरी स्काइवाक बनाएको हो । २० करोड भन्दा बढी लगानीमा  स्काइवाक निर्माणपछि पर्यटकहरू थप आकर्षित हुने वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालिका अध्यक्ष प्रविन्द्र पोख्रेल ( आकर्षण )ले बताए । 

 भेडेटारको चार्ल्स भ्युटावरमा निर्माण भएको स्काइवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना रहेको र निकै लामो समयको अथक प्रयास पछि निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याइएको वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालिका सुनिल भुषालले बताए । 

काठमाडौं , कन्याम को अपार सफलतापछि तेश्रो भ्यु टावर सहितको स्काइवाक धनकुटाको सागुरिगढी गाउपालिकामा निर्माण सम्पन्न भएको अब केहि समयपछि स्काइवाक संगै जिपलाइन ,बन्जी तथा फ्रिफलसमेत सञ्चालनमा ल्याइने पर्यटन व्यवसायी भुषालले बताए । निर्माण पछि सञ्चालनमा आएको सकाइ वाकमा प्रयोग भएको शिसा करिब ३३ मी।मीको रहेको छ भने सिसामा हिड्ने पुल ४१ मिटर लम्बाइ ,२ मीटर चौडाइ रहेको छ ।संग संगै १८।५ मीटर अग्लो भ्यु टावर समेत निर्माण गरिएको छ । 

स्काइ वाक निर्माण पछि आन्तरिक मात्र नभइ ,भारत , बङ्ग्लादेश ,भुटान ,चिन लगायत विदेशी पर्यटकहरूको आगमन बढ्ने विश्वास गरिएको छ । स्काइ वाक संगै सो क्षेत्रमा प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाएका छन भने भविस्यमा १०० जनालाइ रोजगार प्रदान गर्ने योजना सहित काम अघि बढाइएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित