शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

काठमाडाैं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवार तथा आफन्तहरूलाई बुझाउन थालिएको छ ।गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भएको सौर्यको जहाज दुर्घटनामा १७  जना नेपाली र एक विदेशीको मृत्यु भएको थियो भने क्याप्टेन मनीषरत्न शाक्य बाँचेका थिए ।

क्याप्टेन शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार जारी छ । उनको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकहरूले जानकारी दिएका छन् ।जहाज दुर्घटनामा परेका १८ जनाको शव पोस्टमर्टम गरिसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार अपराह्नदेखि शव परिवार र आफन्तहरूलाई बुझाउन थालिएको छ ।

चार जनाको शव आफन्तले बुझिसकेका छन् । को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, अस्विन निरौला र श्याम बिन्दुकरको शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।  सरकार र सौर्य एयरलाइन्सले क्षतिपूर्ति, बिमा लगायतका विषयमा टुंगो नलगाउँदा जहाज दुर्घटनामा मृत्यु भएकाका अधिकांश आफन्तहरुले शव बुझ्न अस्वीकार गरिरहेका छन् ।

शव परीक्षण सकिएकाले आजै आफन्तलाई बुझाउने भनिए पनि क्षतिपूर्तिको विषयमा अझै सहमति हुन नसकेको हो । शव बुझ्ने हतारोमा मृतकका आफन्तहरु शिक्षण अस्तापलमा जम्मा भएका छन् । केही मृतकका परिवार तथा आफन्तले भने शव हेर्न भित्र बोलाएर जबरजस्ती शव बुझेको कागजमा हस्ताक्षर गर्न गराउन लगाएको आरोप समेत लगाएका छन् ।

शुक्रबार अपराह्नसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार पहिचान भइसकेका शवहरु आजै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित