धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता

इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा रहेको श्रय बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको करोडौं रकम हिनामिना गरी बेपत्ता भएका छन् । सहकारीका अध्यक्ष लोकबहादुर खापुङ र सञ्चालक समिति सदस्य चन्द्रबहादुर खापुङ बचतकर्ताको ६९ करोड बढी रकम हिनामिना गरी बेपत्ता भएको बचतकर्ता कुबेर गुरुङले जानकारी दिएका छन् । 

सहकारीका अध्यक्ष लोकबहादुर छोरा र सदस्य चन्द्रबहादुर बाबु हुन् । सहकारीमा जम्मा गरेको बचत हिनामिना गरी सञ्चालक बाबु–छोरा बेपत्ता भएपछि अहिले पीडितहरू न्यायका लागि सरकारको सहयोग मागिरहेका छन् ।सहकारीका सञ्चालक खापुङ बाबु छोराले ६०५ जना बचतकर्ताको ६९ करोड बढी रकम हिनामिना गरी फरार भएको बचतकर्ता लिना श्रेष्ठले बताउँछिन् ।  

भूतपूर्व बेलायती सेना समेत रहेका चन्द्रबहादुर र लोकबहादुर बचतकर्ताको करोडौं कुम्ल्याएर फरार भएपछि अहिले बचतकर्ता बिचल्लीमा परेका छन् । बचतकर्ताको रकम कुम्ल्याएर खापुङ बाबु–छोरा बेपत्ता भएपछि उनीहरूका नाममा रहेको घरजग्गा समेत प्राइम बैंक, वाणिज्य बैंक र नबिल बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको छ । 

बैंकले खापुङ बाबु–छोराको घर जग्गा लिलामी प्रक्रिया अघि बर्ढापछि बचतकर्ताहरूले तत्काल यो प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छन् । बचतकर्ताको रकम कुम्ल्याएर बाबु चन्द्रबहादुर बेलायत गएको र छोरा लोकबहादुर नेपालमै लुकेर बसेको पीडितहरू बताउँछन् । पीडितहरुले फरार बाबु–छोराविरुद्ध इलाका प्रहरी कार्यालय र जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गराएका छन् । 

प्रतिक्रिया

सम्बन्धित