अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले विराटनगरस्थित न्यूराे  काडियाे एन्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमै पहिलो पटक भित्राएको अत्याधुनिक प्रविधियुक्त दुई वटा सिटी स्क्यान मेसिनको उद्घाटन गरेका छन् ।  उद्घाटन सँगै  हस्पिटलले बिहीबार नेपालमै पहिलो पटक एआई पावर्ड १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन र डेक्सा स्क्यान मेसिन सञ्चालनमा ल्याएको हो । सो मेसिनको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले आफू युवा अवस्था देखिनै हस्पिटलको बारेमा धेरै चर्चाहरू सुन्ने गरेको अझ गाउँ घर तिर कतै केही घटना भए या सवारी दुर्घटना भए हस्पिटल भन्नासाथ विराटनगरको न्यूराे हस्पिटल भनेर बुझ्ने गरेको बताए ।  उनले अस्पतालको सेवा सुविधा बारे कार्यक्रममा खुलेरै प्रशंसा पनि गरे ।

 विराटनगरस्थित न्यूराे काडियाे एन्ड मल्टिस्पेशियालिटी हस्पिटलले बिरामीहरूको चाप र मागलाई मध्यनजर गर्दै सेवा सुविधालाई थप परिष्कृत बनाउँदै  बिहीबार अत्याधुनिक प्रविधियुक्त सिटी स्क्यान तथा DEXA स्क्यान भित्राएको छ । बिरामीको परीक्षण र उपचारमा अग्रगामी छलाङ मार्दै प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्दै आएको न्यूराे हस्पिटलले बिहीबार नेपालमै पहिलो पल्ट अत्याधुनिक प्रविधियुक्त AI powered 128 slice CT Scan र DEXA Scan सञ्चालनमा ल्याएको हो । 

हस्पिटलले ल्याएको अत्याधुनिक सिटी स्क्यानबाट बिरामीहरूले सिटी स्क्यानको साथै टाउकाे ,नसा ,हाड लगायत यसबाट मुटुको एन्जीअाेग्राफी समेत गर्न सकिने बताइएको छ । त्यस्तै DEXA स्क्यानले मानव शरीरको हाडहरूकाे अवस्थाका बारेमा सम्पूर्ण जानकारी गराउने जनाइएको छ । यस मेसिनले कम रेडिएसनका साथ छिटाे छरितो सेवा प्रदान गर्ने जनाइएको छ । उक्त मेसिनमा एअाइ प्रविधि जडित भयकोले बिरामीको उपचारमा बिश्वासनियताका साथै सेवालाई छिटो छरितो सम्पन्न गर्न मदत पुग्ने हस्पिटलका अपरेसनल डाइरेक्टर राजेश भट्टराइले बताए ।सिटी स्क्यान मेसिनले  बिरामीलाई बेडमा राखिसकेपछि क्यामाराकाे मदतले पाेजिसनमा राख्छ र छोटो भन्दा छोटो समयमा नै प्रभावकारी सेवा प्रदान गर्ने भयकोले सेवाग्रहिहरू लाभान्वित हुने हस्पिटलका अप्रेश्नल डाइरेक्टर राजेश भट्टराइले बताए ।

नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधि सहितको दुई वटा सिटी स्क्यान मेसिन कोसी प्रदेशको बिराटनगर स्थित न्यूराे हस्पिटलमा भित्रिनु भनेको हामी सबै यसको हकदार भएको कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले बताए ।  हस्पिटलका अध्यक्ष  विरेन्द्रकुमार विस्टले सेवाग्राहीहरूको मागलाई मध्यनजर गर्दै नेपालमै पहिलो पटक दुई वटा अत्याधुनिक सिटी स्क्यान ल्याएको बताए । स्थापना कालदेखि नै बिरामीहरूको विश्वास जित्दै आएकोले सेवा सुविधामा चुस्त दुरुस्त बनाउन हस्पिटललाई प्रविधिमैत्री बनाउँदै लैजाने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित