एकै दिन २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

इटहरी । सुन र चाँदी दुवै सस्तिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ४ सय र चाँदी ५५ रुपैयाँले सस्तिएको हो। 

यसअनुसार आज छापावाल सुन १ लाख ४५ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ४७ हजार ४ सय, तेजाबी सुन १ लाख ४६ हजार ७ सय र चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा भने सुन २ हजार ३७४ अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित