मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल

इटहरी । इटहरीमा रहेर बिगत ३ दशक देखि पत्रकारितामा सकृिय रहेका पत्रकार पीबी दियालीकाे मृगाैला प्रत्याराेपणपछि पनि स्वास्थ्य अवस्था बिग्रदै गएकाे छ । गत: जेठ २२ गते मंगलबार वीर अस्पताल काठमाडौँमा मिर्गौला प्रत्यारोपण गरेपनि अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएकाले स्वास्थ्य अवस्था जटिल बनेकाे पारिवारिक सदस्यबाट बुझिएकाे छ ।

मृगाैला खराब पछि उनि गत वर्ष देखि काठमाडाैस्थित अस्पतालमा उपचार गराइरहेका छन । उनलाई आफ्नै साइला दाजु तिलक दियालीले मिर्गौला दिएका थिए । हाल सम्म पत्रकार दियालीको औषधी उपचारमा ५० लाख भन्दा बढी खर्च भइसकेको परिवारले बताएका छन् ।

मिर्गौला प्रत्यारोपण सफल भएपछि अस्पतालबाट उनी ९ दिन पछि डिस्चार्ज भएका थिए । श्रीमती र एक छोरा सहित दियाली काठमाडौँमा कोठा भाडामा लिएर उपचार गराइरहेका छन् । थप उपचारको लागि अहिले उनीसँग जायजेथा समेत केही छैन । अस्पतालमा दैनिक औषधी उपचार १५ हजार भन्दा बढी खर्च हुने गरेको भान्जी लीला घिमिरेले बताइन् ।

उनले भनिन्, ‘मामालाई अहिले सम्म जे जति सहयोग गर्ने सवैमा धन्यवाद छ, फेरी पनि सानो सहयोगले मेरो मामाको जीवन बचाउन ठुलो सहयोग पुग्ने छ सहयोग गरी दिनु हुन अपिल गर्दछु ।’ परिवारजनले पत्रकार दियालीको जीवन रक्षाको लागि पत्रकार दियालीको माछा पुच्छ्रे बैङ्कको बैङ्क खाता नम्बर ०१५००९६८१८९०००११ मा सहयोग गर्न सक्नु हुने छ भने मोबाइल नम्बर ९८४२०७९०१९ अथवा ९८४२४०३८५६ मा कल गरेर पनि सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित