कोशीका पूर्व मुख्यमन्त्री कार्कीविरुद्ध सचिवले दिए प्रशासनमा उजुरी , भनेकाे नमान्दा शाैचालयमा थुन्ने धम्की दिएकाे आराेप

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कुटपिटको धम्की दिएको भन्दै कोशी प्रदेश मन्त्रालयका एक सचिवले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई कुट्ने धम्की दिएको भन्दै उजुरी दिएका हुन् ।

सोमबार ४ः५३ मिनेटको समयमा फोन गरेर आफूलाई धम्की दिएको उनले उजुरीमा उल्लेख गरेका छन् । भुक्तानीको विषयलाई लिएर फोनमार्फत पूर्व मुख्यमन्त्री कार्कीले ‘कुट्छु, शौचालयमा थुन्छु’ लगायतको धम्की दिएको सचिव भट्टराईले बताएका छन् ।

सचिव भट्टराईका अनुसार पूर्व मुख्यमन्त्री कार्कीले विभिन्न गोल्डकपहरूलाई रकम निकासा गर्न दबाब दिएका थिए । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले भुक्तानीका लागि सहमति नदिएपछि आफूले निकासा दिन नसक्ने जानकारी गराउँदा कार्कीले धम्की दिएको उनको भनाइ छ । 

आरोपबारे यस्तो छ कार्कीको प्रतिक्रिया

सचिवलाई धम्की दिएकोबारे पूर् मुख्यमन्त्री कार्कीले भने आफ्नाविरुद्ध गलत प्रचार गरेका कारण सम्झाएको बताएका छन् । ‘विराट गोल्डकप र क्रिकेटको पैसा भुक्तानि गर्न बाँकी थियो,’ उनले भने, ‘उहाँले मन्त्रिपरिषद्मा फाइल पनि पठाउनु भएन । अनि मेरो विरुद्ध मुख्यमन्त्रीले निकाशा गर्न रोकेको भनेर प्रचार गरेपछि सम्झाएको थिएँ ।’

प्रतिक्रिया

सम्बन्धित