जुम्लामा निसासिएर सुत्केरी र १९ वर्षीया युवतीको मृत्यु , ११ दिनकाे शिशु गम्भीर

जुम्ला । जुम्लामा निसासिएर एक सुत्केरी महिला र उनकी बहिनी १९ वर्षीया युवतीको ज्यान गएको छ । जुम्लाको पातारासीमा कोठामा आगो बाल्दा निस्किएको धुवाले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

मृत्यु हुनेमा ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकाया छन् । निसासिएर गम्भीर बिरामी परेकी मायालक्ष्मीको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनकी बहिनी जुनमायाको भने आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सुत्केरी र नवजात शिशुलाई चिसोबाट जोगाउन बालिएको आगोको धुवाँमा  दिदीबहिनी निसास्सिएका हुन् । धुवाँमा निसास्सिएका ११ दिनका शिशुको अवस्थासमेत गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित