गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे

एजेन्सी । पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफु गिरफ्तार भएको खबर झुटो भएको दाबी गरेका छन् ।राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफु गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै सो खबरमा विश्वास नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- मेरो अनुरोध छ, की यस्ता खबरमा विश्वास नगर्नु होला, म छिटै देश फर्किने छु । मैले सधै जस्तै मेरा उत्कृष्ट गीतले तपाईहरुको मनोरंजन गरिरहने छु ।'

यसअघि राहतका पुर्व प्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केहि बर्षदेखि नै चलिरहेको थियो ।

गायक राहत पटक पटक विवादमा आइरहन्छन् । यस अघि उनले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उनलाई २०१९ मा विदेशी मुद्रा स्मलिंग गरेको आरोप लागेको थियो ।पाकिस्तानी गायक राहतले बलिवुडमा गाएका चर्चित गीतका लागि परिचित छन् ।         

प्रतिक्रिया

सम्बन्धित