नेपालकै ठुलाे पीएलओ लुब्रिकेन्ट्सले मनायाे २५औं बार्षिकोत्सव , सर्वसाधरणकालागि आईपीओको तयारी गर्दै

इटहरी । माेरङकाे सुन्दरहरैंचा स्थित नेपालकै सबैभन्दा ठुलाे तथा पुरानाे  लुब्रिकेन्ट कम्पनी पूर्वाञ्चल ल्युब आयल (पीएलओ)ले शनिबार २५औं बार्षिकोत्सव भब्यताकासाथ सम्पनन गरेकाे छ ।पूर्वाञ्चल क्षेत्रका ब्यवसायी,उद्याेगी लगायतकाे उपस्थितीमा  २५औं बार्षिकोत्सव भब्यताकासाथ सम्पनन गरेकाे हाे । 

कम्पनीले आफ्नै समूहको लगानीमा स्थापित तीन तारे नेपालिका होटलमा केक काटेर बार्षिकोत्सव मनाएको हो । प्रिमियम मूल्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको पीएलओले यस बर्ष लगानीकर्तालाई आकर्षक मुनाफा पनि वितरण गर्न लागेको जनाएको छ । 

डेढ सय कर्मचारीलाई रोजगारी दिएको पीएलओ पूर्वको उत्कृष्ट करदाता कम्पनीको रुपमा समेत सम्मानित हुँदै आएको छ । अटोमोवाइल क्षेत्रको सफल कम्पनीको रुपमा रहेको पीएलओले तीन लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 

कम्पनीका एक सञ्चालकले आर्थिक मन्दीका बीचमा पनि आफूहरुको वित्तीय प्रगति राम्रो रहेको बताउँदै चाँडै नै नाफा नोक्सान हिसाव पनि सार्वजनिक गर्ने बताए । नेपालको लुब्रिकेन्ट मार्केट १५ अर्ब रुपियाँको रहेको बताइन्छ । त्यसमा पीएलओसहित आठ वटा कम्पनीको बजार करिव २२ प्रतिशत रहेको अनुमान छ । 

प्रतिक्रिया

सम्बन्धित