राज्यमन्त्री हत्या प्रकरण : जग्गा विवाद मिलाई दिन भन्दै राति आएका थिए तीन जना ? हत्या पछि तिनैजना फरार

सिरहा । पूर्व राज्यमन्त्री रामचन्द्र राय (८०) को हत्या आरोपमा उनकै घरमा काम गर्न बसेका युवक पक्राउ परेका छन् । सर्लाही चन्द्रनगर गाउँपालिका–१ स्थित रतनपुरमा गए राति रायको हत्या भएको थियो। हत्या भएको सूचना प्रहरीलाई पक्राउ परेका युवकले नै दिएका थिए । प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका २१ वर्षीय युवक कविलासी नगरपालिका–३ का हुन् । ती युवकले प्रहरीसमक्ष आइतबार साँझ सुत्नुअघि राय र अन्य तीन जना व्यक्तिहरू जग्गा जमिन किनबेचबारे कुरा गरिरहेको प्रारम्भिक बयान दिएका छन् ।उनले घरमा चार जनाबीच कुराकानी भइरहँदा आफू भने सुत्न गएको बयान पनि प्रहरीलाई दिएका छन् ।

साथै आफू राति १ बजे शौचालय जान लाग्दा रायको शव देखेको देखेको र प्रहरीलाई खबर गरेको पनि बताएका छन् । उनले घटना कसरी भयो, कसरी भयो केही आफूलाई थाहा नभएको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले रायको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

घटनाबारे सूचना पाएलगत्तै पुगेको प्रहरीले पुगेर खानतलासी गर्दा घर नजिकैको बाँस झ्याङमा हतियार फेला परेको थियो । प्रहरीले ती युवकले बयानमा तीन जना व्यक्ति घरमा भएको बताएपछि प्रहरीले उनीहरूको पनि खोजी सुरु गरेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित