नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य

काठमाडौँ / हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ ।

आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् । 

उनले ‘शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटी डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अवस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो।’

उनले भनेका छन्- 'धेरैलाई हाई ब्लड प्रेसरको कारण होकि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा  फुटेको रहेछ र   त्यसलाई टाल्ने काम भईसकेको छ  र अहिले सामान्य अबस्थामा स्वास्थ लाभ गरिरहेकोछु ।'

प्रतिक्रिया

सम्बन्धित