काभा यू–२० भलिबल : फाइनल प्रवेशका लागि नेपाल र कीर्गिस्तान भिड्दै

इटहरी । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज सोमबार नेपाल र कीर्गिस्तान भिड्दैछन्। मालदिभ्सको मालेस्थित सोसल सेन्टरमा हुने खेल राति ९ बजेपछि सुरु हुनेछ। 

राउण्ड रोविनमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। नेपाली टोली आजको खेलमा त्यो हारको बदला लिँदै फाइनल पुग्ने योजनामा छ। 

लिग चरणको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–२ को सेटमा पराजित गरेपछि नेपालले कीर्गिस्तानलाई प्रतिद्वन्दी पाएको हो। च्याम्पियनसिपमा चार टोली मात्र सहभागी भएकाले सबै टोलीले सेमिफाइनल खेल्ने मौका पाएका हुन्।

राउण्ड रोविनको अन्तिम खेलमा नेपालले भरेलु टोली मालदिभ्सलाई सोझो सेटमा पराजित गरेपछि तेस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्न लागेको हो। नेपाली युवा टोली आफ्नो पहिलो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो। आजै हुने पहिलो सेमिफाइनलमा शीर्ष स्थानको श्रीलंका र चौथो स्थानको मालदिभ्स खेल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित