सुन्दरहरैँचाकाे शिवालय मन्दिरमा विविध धार्मिक कार्यक्रम शुरू

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिका ६ अवस्थित २०३९ सालदेखि प्रारम्भ भई २०५८ साल फागुन २३ गतेबाट श्री किरातेश्वर महादेवको प्रतिष्ठा गरेर अद्यावधिक पूजापाठ, उत्सवहरु हुँदै आएको छ । 

  श्रीदेवस्थान शिवालय किरातेश्वर मन्दिरमा यस बर्षकाे साउन ५ गतेबाट  श्रावणमासमा आनुष्ठानिक विधिले महिनाभरि प्रतिदिन बिहान—रुद्राभिषेक, दिउँसो—विशिष्ट विद्धान गुरुदेवहरुबाट प्रवचन, सत्संग र बेलुका विशेष सन्ध्या आरती, भजन, कीर्तन आदिको आयोजना गरिएकाे छ । कार्यक्रमकाे उदघाटन तथा प्रवचन नेपालका प्रथम जगदगुरू बालसन्त माेहनशरण देवाचार्य महाराजले गरेका थिए । 

  अंशदानले बनेर चल्दै आएको यो मन्दिर अझै व्यवस्थित भई हाम्रा सबै संस्कारहरुको जगेर्ना गर्ने स्थलका रुपमा परिभाषित होस भनेर नै यो आनुष्ठानिक प्रयास आरम्भ गरिएको श्रीदेवस्थान शिवालय किरातेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्याेतिखर अधिकारीले जानकारी दिए । उनले यस महाेत्सव महान् शिवाराधना कार्यमा सबै जुटौं, कोही पनि नछुटौं भन्दै यस मासिक अनुष्ठानको पूणर्ता र आत्मकल्याणका लागि सहभागी बन्न अनुराेध गरेको उल्लेख गरे । 

  उत्त मन्दिकाे कार्यक्रममा शनिबार  कलश यात्रा सम्पन्न भएको छ । साथै  श्रावण ६ गतेदेखि आइतवार  श्रावण मासोत्सव  रुद्राभिषेक दैनिक विहान हुनेछ उल्लेख गरिएको छ । २०८१ श्रावण ७ गतेदेखि  सत्सङ, धार्मिक प्रवचन, बेलुका नित्य सन्ध्या आरती, भजन, कीर्तन आदि हुने आयाेजक समितिका सचिव बलराम दाहालले बताए । उनले श्रावण २८ गते हवन, लक्ष्यवर्ति, पूर्णाहुती, प्रसाद वितरण आदि हुने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित