हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन

इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको स्वास्थ्य लाभको कामना गरेका छन । विराटनगरको विराट नर्सिङ होममा उपचार गराईरहेका कलाकार आचार्यलाई आइतबार अस्पतालमा भेटेर उनले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका मुख्यमन्त्री कार्कीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका बेला नाकबाट रगत बगेपछि आचार्य विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।

हिजो विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौँ फर्कन लागेका थिए । आचार्य बिरामी भएपछि उनलाई भेट्नेहरुको अस्पतालमा घुइँचो लागेको छ । आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाइजिङका डाइरेक्टर प्रकाश मुन्दडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित