चीनमा पुल खस्दा ११ को मृत्यु , कम्तीमा ३० जना बेपत्ता

एजेन्सी । उत्तरी चीनमा रहेको एउटा राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रशारणकर्ता सीसीटीभीले जनाएको छ । 

प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४०  बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण पुल भत्किएको बताएको हो । राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र ३० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको समाचारमा उल्लेख छ । 

‘हालसम्म उद्धार गरिएका पाँच वटा गाडीभित्र ११ जनाको शव फेला परेको हो’, प्रशारणकर्ताले बताएको छ । राज्यको टीभीमा सार्वजनिक गरिएको तस्वीरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ । उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढी पहिरोबाट प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित