बंगलादेशमा आरक्षणविरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु जारी

एजेन्सी । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न त्यहाँको सरकारले देशभर कर्फ्यु घोषणा गरेको छ । बीबीसीका अनुसार बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवा आन्दोलित भएका हुन् । उक्त आन्दोलनले हिंसात्मक रूप लिएको हो । राजधानी ढाकालगायत धेरै सहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ ।

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएका छन् । तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौँ कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो । सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित