अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना

एजेन्सी । बलिउड अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन भएको छ । फुड प्वाइजन भएपछि जान्ह्वी मुम्बईस्थित एक अस्पतालमा भर्ना भएको उनका पिता बोनी कपुरले जानकारी दिएका छन् । 

एनडीटीभीसँग कुरा गर्दै बोनी कपूरले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताएका हुन् । जान्हवीको स्वास्थ्य विगत केही दिनदेखि ठिक नभएपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । जान्हवी हालै अनन्त अम्बानी र राधिकाको विवाहमा सहभागी भएकी थिइन् ।

जान्हवीको आगामी फिल्म उलझ हो । यो फिल्म अगस्त २ गते रिलिज हुँदैछ । जान्हवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिने छिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो ।

फिल्ममा जान्हवीका अलावा गुलशन देवैया र रोशन म्याथ्यू पनि देखिनेछन् । ‘उलझ’ बाहेक, जान्हवीसँग उनको किट्टीमा दुईवटा फिल्महरू छन् जसमा जुनियर एनटीआरसँग देवरा पार्ट वन र सनी संस्कारीको तुलसी कुमारी समावेश छ ।

प्रतिक्रिया

सम्बन्धित