‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने

काठमाडौं । हाँस्य टेलिचलचित्र ‘सक्किगोनि’ को निर्माण टिमले कथानक चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । कलाकार कुमार कट्टेलको जन्मदिनको अवसरमा चलचित्र ‘लाज शरणम’ निर्माणको औपचारिक घोषणा गरिएको हो । 

चलचित्र कुमारले निर्देशन गर्नेछन् । चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपिका बाउ), माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्र फागुन १४ प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित