अन्तिम समयमा किन रोकियो आज सार्वजनिक गर्न लागिएको मौद्रिक नीति ?

काठमाडौं । मौद्रिक नीति आज (शुक्रबार) सार्बजनिक नहुने भएको छ । पुरै तयारी गरेर आज मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्बजनिक नगर्ने भएको हो ।

आज राष्ट्र बैंक सञ्चालक समितिको वैठक बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ । तर, मौद्रिक नीति सार्वजनिक हुने सम्भावना टरेको स्रोतले बतायो । मौद्रिक नीति पारित गर्ने एजेन्डा आजको वैठकबाट हटाइएको समेत स्रोतको दावी छ । केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्बजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यसअघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेका थिए । व्रिफिङमा डा. खतिवडाले केही संशोधनको आवश्यकता औंल्याएको स्रोतले जनाएको छ । राष्ट्र बैंकका भुतपूर्व गभर्नर समेत रहेका डा. खतिवडा मौद्रिक नीतिका विज्ञ हुन् ।

यता डा. खतिवडाले मौद्रिक नीति रोक्न आफूले निर्देशन नदिएको बताएका छन् । यद्यपि, नयाँ बनेको सरकारले आफ्ना कुराहरु समावेश गर्न चाहनु स्वभाविक हुने उनको प्रतिक्रिया छ । बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले नव निर्मित केन्द्रीय कार्यालय भवनको सभाहलमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको थियो । १० वर्षपछि आफ्नै भवनमा राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित