साउनलाई लक्षित गर्दै रचनाले ल्याइन 'हर हर महादेव' (भिडियो)

इटहरी । चर्चित गायिका रचना रिमालले शिव भजन  'हर हर महादेव'बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । सुरेश चन्द्र दाहालको शब्द, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भजनमा मनोज साङसोन राईको एरेन्ज रहेको छ । पशुपति क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोमा निर्देशन विशाल अर्यालको रहेको छ । 

एक पछि अर्को चर्चित गीत बजारमा ल्याउँदै चर्चा बटुल्न व्यस्त गायिका रचना यो गीतलाई पनि श्रोता तथा दर्शकहरूले अत्यधिक रचाइदिने कुरामा आफू विश्वस्त रहेको बताउँछिन् । भिडियाे

प्रतिक्रिया

सम्बन्धित