चलचित्र छायांकनका क्रममा लडेर स्टन्टम्यानको मृत्यु

मुम्बई । दक्षिण भारतीय स्टार अभिनेता कार्तिको चलचित्र ‘सरदार’ गत वर्ष हिट भएपछि यसको सिक्वेलको रुपमा ‘सरदार २’को छायाँकन सोमबारबाट चेन्नईको सालिग्राममा रहेको प्रसाद स्टुडियोमा सुरु भएको थियो । यो चलचित्र छायाँकन भएको तेश्रो दिन बुधबार छायाँकनको क्रममा माथिबाट खसेर एक द्वन्द्व कलाकार (स्टन्ट म्यान) को मृत्यु भएको छ ।

सरदार २ को छायांकन साउन १५ गतेबाट सुरु भएको थियो तर यो डरलाग्दो र दुखद दुर्घटनापछि रोकिएको थियो । एजुमलाईको मृत्युको खबरमा मुख्य अभिनेता कार्तीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । सरदार २ लाई निर्माताहरूले जुलाई १२ मा पूजासँगै चेन्नईमा आधिकारिक रूपमा लन्च गरेका थिए। कार्यक्रममा कार्ती, शिवकुमार, पीएस मिथरानलगायतको सहभागिता रहेको थियो । इन्स्टाग्राममा पूजाका केही तस्बिर सेयर गर्दै निर्माताले लेखेका छन्,

सरदार २ को सेटमा स्टन्टम्यान एजुमलाईको निधन भएको छ । एजुमलाईको एक्शन सिक्वेन्सको सुटिङका क्रममा २० फिट माथिबाट लडेर मृत्यु भएको बताइएको छ । इन्डिया टुडेको रिपोर्ट अनुसार स्टुडियोमा सरदार २ को एक्सन सिक्वेन्स सुटिङ गर्ने क्रममा इजुमलाई २० फिटको उचाइबाट खसेका थिए । टाउकोमा गम्भिर चोटका कारण एजुमलाईको मृत्यु भएको बताइएको छ । उनको मृत्युको कारण आन्तरिक रक्तस्राव भएको बताइएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेर अहिले घटनाको अनुसन्धान गरिरहेका छन् ।

सरदार २ को छायांकन साउन १५ गतेबाट सुरु भएको थियो । एजुमलाईको मृत्युको खबरमा मुख्य अभिनेता कार्तीले दुःख व्यक्त गरेका छन् । बुधबार नै एजुमलाई दाहसँस्कारमा चलचित्रको युनिट जुटेको थियो । यसका निर्देशक पीएस मिथरानले यो मृतकका परिवारलाई आफुहरुले सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित