मलेसियामा १६२ नेपाली तीन महिना देखिअलपत्र : एजेन्टले धाेका दिएपछि न काम न दाम

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १६२ जना नेपाली कामदार करिब तीन महिनादेखि अलपत्र परेका छन् । काठमाडौंमा रहेको रिडियन्स, जेपीलगायत विभिन्न म्यानपावरबाट मलेसिया पुगेका उनीहरू सम्झौतानुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् ।

म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति ३ देखि साढे ४ लाख रुपैयाँ बुझाएर मलेसिया पुगेका उनीहरू अहिले एउटा कोठामा बन्दीसरह बस्न विवश छन् । अलपत्र परेको झन्डै तीन महिना पुग्न लाग्दा पनि रोजगारदाता कम्पनी तथा म्यानपावरले कुनै वास्ता नगरेपछि उद्धारका लागि हारगुहार गर्नुपरेको राजकुमार दाहालले जानकारी दिए ।

दाहालले भने, ‘राम्रो सेवा सुविधा र काम भनेर म्यानपावरले पठाए पनि भनेजस्तो काम पनि पाइएन, दामको त कुरै भएन, तीन महिनादेखि हामी अलपत्र छौं ।’

म्यानपावरले नेपालबाट क्लिनरको काममा भनेर पठाएको र एक महिना बसेपछि मात्र काम दिने भनेको भए पनि तीन महिना हुन लाग्दा पनि काम नदिएपछि अलपत्र अवस्थामा बस्नुपरेको उनीहरूले बताएका छन् ।

सप्तरीका मनोजकुमार झाले पनि एजेन्टको प्रलोभनमा परेर ४ लाख ५० हजार रुपैयाँ बुझाएका थिए । उनलाई पठाउने एजेन्टले सुपर मार्केटको काम र २२ सय मलेसियन रिंगेट तलब पाउने आश्वासन दिएर पठाएको भए पनि अहिले काम पाउनु त परको कुरा खान बस्न पनि समस्या भएको उनले बताए ।

‘दलालको प्रलोभनमा परेर मसहित १ सय ६२ नेपाली युवाको अवस्था हरिबिजोग भयो,’ उनले भने, ‘हामीलाई जसरी भए पनि घर फर्काइदिनुहोस्, अब हामी यहाँ बस्न सक्दैनौं, न कम्पनीले काम दिएको छ, न त राम्रोसँग खानै पाएका छौं ।’

आफूहरूलाई काम नदिएको ’bout पठाउने म्यानपावर तथा एजेन्टलाई सम्पर्क गर्दा हुन्छहुन्छ भन्ने गरेको र पछिल्लो समय आफूहरूको नम्बर ब्लक लिस्टमा राखिदिएका कारण सम्पर्क गर्न समस्या भएको उनीहरूले बताएका छन् । खाने, बस्ने र सुत्ने स्थानको समेत प्रबन्ध नभएको भन्दै आफूहरूलाई उद्धार गरेर सहयोग गर्न उनीहरूले आग्रह गरेका छन् ।

आफूहरू बसिरहेको क्याम्पमा सुत्ने ठाउँ पनि नभएकाले कतिपय साथीहरूले बाहिरै रात कटाउने गरेको तथा पिउने पानीको पनि समस्या हुँदा बाथरुमको पानी पिउन बाध्य भएको उनीहरूको भनाइ छ ।

मलेसियास्थित नेपाली दूतावासलाई पनि पटक–पटक आफूहरू समस्यामा परेको भन्दै दूतावासले उपलब्ध गराएको नम्बरमा फोन र ह्वाट्सएपमा म्यासेज गर्दै उद्धारको अपिल गर्दा पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ । चार–चारपटक दूतावास पुग्दा पनि झुक्याउने काम मात्र गरेको उनीहरूले आरोप लगाएका छन् ।

समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरू समस्यामा पर्दा पनि मूकदर्शक भएर बसेको उनीहरूको भनाइ छ । यता, रिडियन्स म्यानपावरका प्रतिनिधिले भने उनीहरू अलपत्र परेको ’bout जानकार रहेको र चाँडै समस्या समाधान गर्ने बताए ।आजकाे राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया

सम्बन्धित