चीनको सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मत्यु

एजेन्सी । चीनको एक सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मत्यु भएको छ । बीबीसीका अनुसार शिन्हुआन प्रान्तस्थित १४ तल्ले भवनमा रहेको सपिङ्ग सेन्टरमा आगलागी भएको हो । बुधवार साँझ भएको आगलागीबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको प्रहरीले बताएको छ ।

हालसम्म आगलागीको कारण भने खुलाइएको छैन । तर, भवनमा भइरहेको निर्माण कार्यका कारण विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित