गण्डकी विश्वविद्यालयमा एआई पढाइँदै, विद्यार्थीलाई कामसहित २० हजार प्रोत्साहन भत्ता

पोखरा  । गण्डकी प्रदेशले स्थापना गरेको गण्डकी विश्वविद्यालयले एमआइटी एआई विषय पढाउने भएको छ । विश्वविद्यालयले मास्टर अफ इन्फरमेसन टेक्नोलोजी आर्टिफिसियल इन्टेलीजेन्स विषयको पढाइ सञ्चालन गर्ने सार्वजनिक गरेको हो । सेप्टेम्बरदेखी एमआइटी एआईको कक्षा सुरु हुनेछ ।

विश्वविद्यालयका डीन कपील अधिकारीले एमआईटी एआईको आवश्यक्ता ठानेर कार्यक्रम सार्वजनिक गरिएको बताए । विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी पर्दैनन् । नेपालको अर्थतन्त्र सुधारमा एआईको भूमिका महत्वपूर्ण रहनेछ’, उनको विश्वास छ ।

सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उदेश्य सहित विश्वविद्यालयले एमआईटी एआई विषय पढाउने योजना बनाएको सुनाए । आइटीमा जति धेरै उत्पादन गरिएता पनि खपत हुने अधिकारीले बताए । सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए।  बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई उनको निर्देशन छ ।

‘प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो । बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौं’, उनले भने । २०७६ सालबाट सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले खेलकुद व्यवस्थापन, कानुन, बिबिए, आइटी र फार्मेसी विषय पढाउदै आइरहेको छ । रजिस्ट्रार कैलाश तिमिल्सिनाले विद्यार्थीलाई काम पनि दिने अनि उल्टो मासिक २० हजार रुपैयाँ पनि प्रोत्साहन भत्ता दिने गरी कोर्ष तयार पारिएको बताए ।

‘विभिन्न प्रोजेक्ट हन्ट गरिरहेका छौं । डोनर र परियोजना पनि खोज्ने क्रम छ । कोही विद्यार्थी काम गरिरहेको छ भने राति पढ्न आयो भने त्यस्तालाई भने शुल्क लिइन्छ, नत्र निःशुल्क पढाउने हो,’उनले भने, अहिले बीआइटी कार्यक्रम छ पहिलो सेमेस्टरमा त्यही जनशक्तिले पढाउने हो। बाँकी खोज्दै जाने हो ।’

विश्वविद्यालयले पोखरा ३२ मा भौतिक संरचना निर्माण गरी आइटी र फार्मेसीको क्षेत्रमा अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए । विश्वविद्यालयले आविष्कार केन्द्रको समेत स्थापना गरेको उनको भनाइ छ । उनका अनुसार गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीको पढ्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित