निर्माण थालेको २ घण्टामै फेरियो न्यूराेडकाे मुहार : मेयर बालेनकाे चाैतर्फी चर्चा

उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिए लगतै काठमाडौँ महानगरपालिकाले  न्यूरोडमा काम सुरु गरेपछि २ घण्टामै सो क्षेत्रको मुहार फेरिएको छ । बिहान साढे ९ बजेबाट काम सुरु गरेको महानगरले दिउँसो २ बजेभित्र धेरै जसाे काम सम्पन्न गरिसकेको छ । फुटपाथ निर्माणमा तीव्रता दिएका मेयर बालेनकाे यतिबेला चौतर्फी चर्चा चुलिएको छ ।

अदालतले फुटपाथ बनाउन बाटो खोले लगत्तै मेयर बालेनकै आदेशमा काम सुरु भएको थियो । सुरु गरेको २ घण्टामै चमत्कारिक  परिणाम देखाएपछि बालेनकाे चर्चा चौतर्फी बढेको हो । यही गतिमा देशका नेताहरूले पनि काम गरे नेपालले ५ वर्षभित्र मुहार फेरिसक्ने महानगरवासीहरू बताउँछन् । देशका शीर्ष नेता तथा सरकारका मन्त्री देखि प्रमुख सम्मलाई बालेनबाट सिक्न महानगरवासीले सुझाव दिएका छन् ।  

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित