अक्षय र अर्शदको फिल्म जोली एलएलबी–३ को सकियो सुटिङ

मुम्बई । अर्शद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ ले दर्शक र समीक्षकबाट धेरै माया पाएको थियो । यी दुई भागको सफलतापछि निर्माण पक्षले फिल्मको तेस्रो भागको छायांकन सकिएको छ ।

अक्षय कुमार र अर्शद वारसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो किस्ताको फिल्मको छायांकन सकिएको छ । सुभाष कपूर निर्देशित यस फिल्मको छायांकन सकिएपछि फिल्मका कलाकर र क्रु मेम्बर्सले खुशीयाली मनाएको भिडियो सार्वजनिक गरिएको छ ।

अब छिट्टै फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । जोली एलएलबी फ्रेन्चाइज व्यावसायिक रूपमा सफल छ । पहिलो दुई चलचित्रहरूले तिनीहरूको तीव्र सामाजिक टिप्पणी र आकर्षक कोर्टरूम नाटकको लागि व्यापक प्रशंसा पाएका थिए ।

यसअघिका फिल्महरूमा जोलीको भूमिका निर्वाह गरेका अक्षय कुमार र अर्शद वारसीबीचको भिडन्त हुने भएकाले तेस्रो किस्ताको व्यग्र प्रतिक्षा भइरहेको छ । दुवैको पुनर्मिलनलाई विशेष रुपमा हेरिएको छ । दुवैले फिल्ममा जगदीश नामको भूमिका निर्वाह गर्नेछन् । अर्शद वारसी ‘जगदीश त्यागी’ र अक्षय कुमार ‘जगदीश्वर मिश्रा’को भूमिकामा देखिने छन् ।

‘जोली एलएलबी ३’ अजमेर र राजस्थानमा छायांकन गरिएको थियो, जसको अधिकांश सुटिङ ४० दिनभन्दा बढी समय अजमेरको वास्तविक अदालतमा भएको थियो । यो फिल्मलाई २०२५ को अगस्त २१ मा रिलिज गरिने बताइएको छ । फिल्ममा अक्षय र अर्शद बाहेक सौरभ शुक्ला र हुमा कुरेसीको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित