ओलीलाई दुर्गा प्रसाईंको कडा चेतावनी : खबरदार याे संविधान छाेलाउ !

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माफियाहरूको भएको दाबी गरेका छन् । मंगलबार झापामा पत्रकार सम्मेलन गर्दै प्रसाईंले ओली प्रधानमन्त्री हुनेवित्तिकै देशका ठुला ठुला व्यापारीहरू बालुवाटार पुगेको दाबी गर्दै अव देश माफियाहरूको हातबाट फुत्काउनुपर्ने बताए ।

उनले केपीकाल राणाकाल भन्दा खतरा भएको भन्दै दुर्गा प्रसाईलाई छोएर देखाउन चेतावनी दिए  ।‘पानीको लौरो टेकेर दुर्गा प्रसाईंलाई तर्साउनले ? खबरदार हजुरबा दुर्गा प्रसाईंलाई पक्रेर देखाउनु’, प्रसाईंले भने, ‘पक्रने त के छुने आँट गर पहिला ।’ उनले आफूले कसैलाई बलात्कार नगरेको र राज्यको ढुकुटी नलुटेको भन्दै तिर्नुपर्ने राजश्व तिरेको दाबी गरे । 

‘राजश्व तिरेको छैन भने हतकडी लगाऊ’ प्रधानमन्त्रीलाई चुनौती दिँदै ओली नेतृत्वको सरकारलाई विदेशीले तीन वटा टाक्स दिएको बताए । ‘इन्डियाले संविधान संशोधन गर भनेको छ । त्यसो गर्दा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्नु भनेको छ । त्यो किनभने ४५ लाख भारतीयलाई राष्ट्रिय परिचयपत्र दिनुपर्ने । अनि राष्ट्रिय परिचय पत्रको सिस्टम नै भारतलाई सुम्पनुपर्ने रे !’ उनले भने, ‘खबरदार केपी ओली सरकार यो संविधान नछोऊ ।’

प्रतिक्रिया

सम्बन्धित