न्याथम कलेजले ३ महिनामा नै निर्धारण गरिदियो १३१ जनाको भविष्य

महोत्तरी / रौतहट चन्द्रपुरका लक्षमण अधिकारी पहिलेदेखि नै होटल सम्बन्धि  सिप सिकेर आत्मनिर्भर वन्न चाहन्थे । युवाअवस्थामा  कुक सिकेर नेपाल कै कुनै ठुलो होटलमा काम गर्ने रहर वनाएतापनी अधिकारीको सपना पारिवारिक जिम्मेवारीका कारण पुरा हुन सकेको थिएँन  ।

तर न्याथम कलेजको सम्पर्कमा आएपछि उमेरले ४० काटेपनि अधिकारीका रहर र सपनाहरु पुन: जीवित वनेका छन  । कलेजले प्रदान गरेको ३ महिने तालिमपछि उन्ले कुक सम्बन्धी सैद्वान्तिक ज्ञान मात्र सिकेनन यथेष्ठ प्रयोगात्मक प्रयोगको कारण पूर्ण कुक वनेका छन ।

अधिकारीलाई अहिले आफ्नै होटल खोलेर आत्मनिर्भर वन्ने मात्र हैन नेपालका कुनैपनि होटलमा अवसर प्राप्त भए प्राप्त सिप र दक्षतालाई उत्कृष्ट पर्दशन गर्ने आत्मविश्वास समेत वढेको छ । 'न्याथम कलेजको प्रयोगशालासँगै दिईने तालिमले जोकोहीलाई आत्मविश्वास मात्र हैन केही गर्ने हुटहुटी जगाउछ ।' अधिकारीले भने ।'न्याथम कलेज होटल समबन्धि सिप सिक्नेहरुको लागि देश कै उत्कृष्ट सिक्षालय रहेछ ।'

४० बर्ष उमेर पुगेपछि पुराना रहर र सपनाहरुलाई पुन:जिवित वनाएका अधिकारीको कथा मात्र हैन कलेजले ३ महिना अगाडी सुरु गरेको ६ वटा तालिम लिएपछि यस्मा सहभागी १३१ जनामा उस्तै आत्मविश्वास भरिएको छ  ।

रहर भएतापनि विविध वाध्यताका कारण पुरा गर्न नसकेका, भबिष्यको अन्यौलताका कारण दुविधाले उदेश्य निर्धारण नभएका, सिप सिकेर प्रदेश जान चाहने र स्वदेशमा नै वसेर आत्मनिर्भर वन्न चाहनेहरुको लागि यो अवधी सवैको लागि सर्वाधिक उर्वर वनेको छ ।

५ बर्ष अगाडी कोरियावाट फर्किएपछी मिथिला धनुषाका चन्देश्वर क्यापछाकीलाई पनि स्वदेशमा के गर्ने होला भन्ने उत्तिकै दुविधा थियो । केहि पैसा कमाएर ल्याएतापनि स्वदेशमा कुनै सम्भावना नदेखेपछि पुन: प्रदेश नै फर्कने योजना वनाईरहेका क्यापछाकीको योजनामा अहिले पूर्णविराम लागेको छ । 'धेरै शिप सिकियो तर यत्तिको प्रोगात्मक शिप लिएर पहिलो पटक तालिम लिईसक्दा नै दक्ष भएको महसुस गरेको छु ।' उन्ले भने । 'याँहा कुक सिक्दासिक्दै आफै केही गरौ भन्ने हुटहुटी जागेको छ ।'

१ दशकसम्म कतार र मलेशियामा रोजगारी गर्दै आएका वारा कलैया उपमाहानगरपालिकाका फैज आलम अन्सारीलाई पनि ३ महिने तालिम लिएपछि पूर्ण स्वरोजगार वनेको महसुस भएको छ । शिप समबन्धि तालिमको नाममा स्थानीय सरकारले करौडौ खर्च भएको वताउदै न्याथमले दिने तालिमवाट केही सिक्न उन्ले सुझाव दिए ।

'अव विदेश जानै पर्दैन मलाई । याँहा सिकेपछि सिक्दा-सिक्दै अफरहरु आउदो रहेछ । यो संस्थामा जोडिएर सिक्न पाउदा गर्व महसुस गरेको छु ।' उन्ले भने । 'अव मधेशका केही ठुला होटलवाट अफर आएको छ काम गर्छु ।'   

राज्यले करौडौ खर्च गरेर शिप सिकाउने तर उक्त शिपको प्रयोग नहुने संस्कार वनिरहेको वेला नेपाल पर्यटन  तथा होटल व्यवस्थापन प्रतिष्ठानले दिने हरेक शिपहरु त्यस्को विपरित रहेको होटल व्यवसायी गुन्ज वहादुर कार्की वताउछन ।

आईतवार ३ महिने तालिमपछि समापन कार्यक्रममा बोल्दै अथितिहरुले होटल तथा पर्यटन क्षेत्रमा न्याथम नेपाल कै अग्रणी सिक्षालय भएको वताए । होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले न्याथम कलेजको महत्व थाहा नपाउदा अझै ओझेलमा परेको गुनासो गरे ।

याँहा पढेका विध्यार्थीहरु अहिले पनि मध्यपूर्वी देश र युरोपियन देशहरुमा प्रयोगात्मक सिकाईका लागि जाने गर्छन । 'पढ्दै कमाउदै भन्ने उदेश्यलाई न्याथमले जहिल्यै आत्मासाथ गरेको वताउदै न्याथम कलेज बर्दिवासका प्रमुख सिवेन्द्र मल्लिकले याँहा पढेका विद्यार्थीहरु कोहीपनि वेरोजगार नहुने दावी गरे ।

होटल म्यानेजमेन्टको लागि देश कै उत्कृष्ट मानिएको यो कलेज संस्कृति, पर्यटन तथा उडयन  मन्त्रालय अन्तर्गत संचालित छ । मधेश प्रदेशमा नै पहिलोपटक  ५ वर्ष अगाडी मात्र संचालनमा आएको यो कलेजले होटल तथा पर्यटनका क्षेत्रमा विभिन्न शिपमुलक तालिमका साथै शैक्षिक पाठयक्रम तयार गरेर ब्याचलर अफ होटल म्यानेजमेन्ट समेत पठनपाठन गराउदै आएको छ ।

श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेश सरकारसँगको सहकार्यमा संचालित शिपमुलक तालिममा आधारभूत खाना तयारी(कुक), वेटर, बारिश्टा, बेकरी, हाउस किपिंङ्ग, स्थानीय पर्यटक पथपर्दशक गरी ६ वटा तालिम संचालम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित