मनसुनी रेखा नेपालबाट केही टाढा भयो, अब ३ दिन वर्षा घट्ने सम्भावना

इटहरी ।  आज (शनिबार) देखि मनसुनको सक्रियता केही कम भएको र वर्षाको मात्रा घट्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। गत बुधबार रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आउँदा बिहीबार र शुक्रबार देशभर व्यापक वर्षा भएको थियो। 

तर आजदेखि मनसुनको न्यून चापीय रेखा नेपालबाट केही तल सरेकाले वर्षाको मात्रा घट्ने सम्भावना देखिएको महाशाखाकी मौसमविद् बिनु महर्जनले बताइन्। 

‘आजदेखि हिजोअस्तिको जस्तो धेरै ठूलो वर्षा हुँदैन’, मौसमविद् महर्जनले  भनिन्, ‘अब कम्तीमा ३ दिनलाई वर्षाको मात्रा अलि कम नै हुन्छ।’तर आज कोसी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको उनले बताइन्। 

प्रतिक्रिया

सम्बन्धित